२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

मलेसियामा आईएससँग सम्बन्धित ३६ जना बंगलादेशी कामदार पक्राउ

shivam cement
तिलोचन गौतम
२०८२ असार १९ गते ०६:१५
मलेसियामा आईएससँग सम्बन्धित ३६ जना बंगलादेशी कामदार पक्राउ

क्वालालम्पुर, मलेसिया : वैदेशिक रोजगारीमा मलेसियामा कार्यरत बंगलादेशका ३६ जना कामदार इस्लामिक स्टेट (आईएस)सँग सम्बन्धित रहेको पाइएपछि मलेसियामा नयाँ तरंग पैदा भएको छ । उनीहरू बंगलादेशको वर्तमान सरकारलाई उल्ट्याउन कोष संकलनको कार्यमा जोडिएको देखिएको बताइएको छ ।

३६ जना बंगलादेशी नागरिकहरूको हालैको गिरफ्तारीले मलेसियाका सुरक्षा विकासलाई बढी नै सतर्क  बनाएको छ । त्यसले आप्रवासी कामदारमाथि निगरानी बढाएको बताइएको छ । एक समय मलेसियाको आर्थिक आवश्यकताको दृष्टिकोणबाट हेरिएका बंगलादेशी आप्रवासी कामदारहरू पछिल्ला दिनमा बढ्दोरूपमा अन्तर्राष्ट्रिय आतंकवादी सञ्जालहरूको उपकरण बनिरहेका कारण मलेसियाको सुरक्षामा खतरा बढेको बताइएको छ ।

विदेशी आतंकवादी तत्वहरूले मलेसिया जस्ता आर्थिकरूपमा उदीयमान राष्ट्रहरूमा घुसपैठ गर्न र डायस्पोरा समुदायहरूमा हिंसात्मक विचारधाराहरू प्रचार गर्न आप्रवासी कमजोरीहरूको प्रयोग डरलाग्दो र गम्भीर रहेको मलेसियाका सरकारी निकायको विश्लेषण रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise