२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

श्रीमतीको हत्या गर्ने पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असार १८ गते १७:५१
श्रीमतीको हत्या गर्ने पक्राउ

बारा : कलैया उपमहानगरपालिका–१० मटिअर्वामा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन् ।

बुधबार दिउँसो प्रहरीले हत्या आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार स्थानीय बच्चा मियाले आफ्नी श्रीमती आसिमा खातुनको हत्या गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण मियाले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको देखिएको एसपी तामाङले जानकारी दिए । घटनालगत्तै भाग्न खोजिरहेको अवस्थामा मियालाई प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय, बाराका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक सुरेश भट्टले हत्या गरेर भाग्दै गर्दा अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको बताए ।
पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise