काठमाडौं : सरकारले पूर्वविशिष्टलाई दिदैँ आएको सरकारी सेवा र सुुविधा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले त्याग गरकी छन् ।
पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने भन्दै उनले बुधबार गृहमन्त्रालयमा पत्र पठाएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालय पुगेर सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो ।
गत शनिबार भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको भन्दै पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
उनी सक्रिय राजनीतिमा फर्किएकी अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा त्याग्ने निर्णय गरेकी हुन् ।
पत्रमा उनले असार १८ गतेकै मितिबाट लागू हुनेगरी सेवा सुविधा नलिने गरि निवेदन दिएकी हुन् ।