काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताएका छन् । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभइ षड्यन्त्र भएको बताए । उनले देशलाई सपार्ने हो भने आफ्नो नभइ नेपाल आमाको अनुहार हेर्नुपर्ने बताए । नजानेर, त्रुटि भएर भन्नेकुरा नरहेको भन्दै यसमा सहभागीहरुमाथि कारबाही हुनुपर्ने बताए ।
उनले भने, ‘कुलिङको विषयवस्तु आजको होइन । छेडखानी मात्रै होइन, षड्यन्त्र भएको छ । मुख्यसचिवदेखि सहसचिवसम्मको विषयवस्तु सुन्न चाहन्छौं । मैले हरेक दिनको बैठकमा यहाँहरुको अनुहार पनि हेरेको छु, मैले भनेको पनि छु । देशलाई सपार्ने हो भने नेपाल आमाको अनुहार हेरौं । आफूतिर होइन । यो षड्यन्त्र भएको छ । नजानेर त्रुटि भएर भन्नेकुरा आएको छ, होइन । यसमा कोको सहभागी भएका छन्, यसको छानबिन हुनुपर्छ ।’
प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरुलाई नदिइएको भन्दै आपत्ति जनाए ।