२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

वैदेशिक रोजगारीमा जाने श्रमिकको हक-हितको सवालमा सरकारले कुनै सम्झौता गर्दैन : श्रममन्त्री

Nada
२०८२ असार १८ गते १४:२९
Shares
वैदेशिक रोजगारीमा जाने श्रमिकको हक-हितको सवालमा सरकारले कुनै सम्झौता गर्दैन : श्रममन्त्री

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको हक–हितको सवालमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

ncell

उनले प्रविधिमैत्री सेवा विस्तार गर्दै वैदेशिक रोजगरमा रहेका श्रमिकको पहुँचमा सहजता ल्याउने प्रयास भइरहेको बताए । उनले श्रम संसार मोबाइल एप्लिकेसनमार्फत वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण सेवा एकीकृत गरिएको समेत बताए ।

उनले विदेशमा रहेका नेपालीले राजदूतावाससँग प्रत्यक्ष सम्पर्क गर्न नसके पनि एआई प्रविधिबाट भर्चुअल जानकारी पाउने व्यवस्था गरिएको बताए । उनका अनुसार दूतावासको फोन नउठेमा कल नेपालस्थित कल सेन्टरमा ट्रान्सफर हुने र आवश्यक विवरण टिपेरसम्बन्धित दूतावासमा जानकारी गराउने प्रणाली विकास भइसकेको छ ।

मन्त्री भण्डारीले नेपालमा दिइने तालिम विदेशी बजारमा सान्दर्भिक नहुने अवस्थालाई ध्यानमा राखी गन्तव्य मुलुकको पाठ्यक्रम र सीपको प्रमाणीकरण दुवैतर्फबाट हुने जोइन्ट सर्टिफिकेट प्रणाली अगाडि बढेको समेत बताए ।

उनले समान कामका लागि नेपाल वा विदेश जहाँ भए पनि समान ज्यालाका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १२०० दिरामबाट बढाएर १४०० दिराम पुर्‍याइएको उल्लेख गरे ।

सम्बन्धित खबर