२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अडियो वेयरेबल ब्रान्ड बोट सार्वजनिक

Nada
२०८२ असार १७ गते २१:५१
Shares
अडियो वेयरेबल ब्रान्ड बोट सार्वजनिक

काठमाडौं : अडियो वेयरेबल ब्रान्ड बोट नेपालमा भित्रिएको छ । बोटले नेपालमा ‘निर्भाना’ सिरिजको वेयरेबल ब्रान्ड बोट सार्वजनिक गरेको हो । 

ncell

उच्चप्रदर्शन क्षमता युक्त एएनसी युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज नेपाल ल्याएको हो । बोटले अडियो वेयरेबल क्षेत्रमा प्रभुत्व जमाउँदै नेपाल प्रवेश गरेको हो । बोटलाई राष्ट्रिय रूपमा टेलिटक (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । बोटको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्य रहेको कम्पनीले जनाएको छ ।

बोटका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने ‘नेपाल सधैं हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं । नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वास प्रति आभारी छौं । हाम्रो प्रिमियम ‘निर्भाना’सिरिजको सुरुवातसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधनगर्ने उच्च गुणस्तरीय र डिजाइन–मुखी अडियो अनुभवप्रदानगर्ने प्रतिबद्धता दोहोर्‍उँछौं ।’

 यस्तै टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले भने ‘यस औपचारिक घोषणासँगै बोटले नेपालमाआफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको छ, जसअनुसार ब्रान्डले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ र आफ्नो तिव्र रूपमा वृद्धि भइरहेको फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउनेछ ।’

सम्बन्धित खबर