काठमाडौं : नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकका ग्राहकले बानेश्वर अवस्थित लेट मी इन मा उपचार गर्दा लाग्ने शुल्कमा छुट प्राप्त गर्ने भएका छन् । बैंक र लेट मी इन बीच भएको सम्झौताअनुसार सो छुट प्राप्त गर्ने भएका हुन् ।
सम्झौता बमोजिम लेट मी इन को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धी सेवाहरूमा लाग्ने शुल्कहरूमा आठ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मी इन को तर्फबाट प्रबन्ध निर्देशक डोङ सु माले हस्ताक्षर गरे ।