काठमाडौं : कुमारी बैंकले् कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा भूमिका निर्वाह गर्दै आएको बैंकले फोनपे पेमेन्ट सर्भिससँगको सहकार्यमा सो सेवा सुरु गरेको हो ।
सो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत् प्रयोग गर्न सकिने बैंकले जनाएको छ । भर्चुअल क्रेडिट कार्ड कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरूले आफ्नो कुमारी स्मार्ट एपमार्फत् सहजै मोबाईलबाट सुचारु गर्न सक्ने जनाइएको छ ।
फोनपेको क्यूआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने सो भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज उपभोग गर्न सक्ने जनाइएको छ । साथै, सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन् ।