२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

सिद्धार्थ बैंक र सिप्रदीबीच ट्याक्सी कर्जा सम्झौता

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते २१:४३
सिद्धार्थ बैंक र सिप्रदीबीच ट्याक्सी कर्जा सम्झौता

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधासम्बन्धी सम्झौता भएको छ । सिप्रदी ट्रेडिङमार्फत् टाटा मोटर्सअन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सो कर्जाको अवधि ५ वर्ष रहने जनाइएको छ ।

सिद्धार्थ बैंकले यस सम्झौतामार्फत् दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ । सो समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise