२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

दाताहरूको सहयोगमा देवघाटको सरकारी वृद्धाश्रम धानिँदै

Nada
सुवास लामिछाने
२०८२ असार १७ गते २०:४७
Shares
दाताहरूको सहयोगमा देवघाटको सरकारी वृद्धाश्रम धानिँदै

चितवन : पवित्र ऐतिहासिक तीर्थस्थल देवघाट धाममा सरकारी तबरबाट सञ्चालित वृद्धाश्रम दाताहरुको सहयोगबाट धानिँदै आएको छ । 

ncell

केही वर्षयतासम्म सरकारी बजेटको अभावमा दैनिक खाद्यन्न जुटाउन कठिन परेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा पछिल्ला वर्षमा खाद्यान्न र लत्ताकपडा दाताहरुको सहयोगबाट आउने गरेको छ । 

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको यस केन्द्रमा ३५ जना वृद्धवृद्धाहरु रहेका छन् ।  वि.स. २०५२ सालमा स्थापना भएको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा वार्षिक तलब र खाद्यान्न गरेर  अनुमानित वार्षिक रु.४० लाख हाराहारीमा खर्च हुने गरेको देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले बताए ।  

सूचना अधिकारी पौडेलका अनुसार केही वर्षअघिसम्म बजेटको अभावमा वृद्धवृद्धालाई पालन पोषणका लागि विभिन्न ठाँउमा गुहार्नपथ्र्याे । दाताले पुण्यतिथि,जन्मदिन,स्मृति दिन,वैवाहिक गठबन्धनका दिन वृद्धवृद्धाका लागि खानाका लागि दिएको रकमले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालन गरिरहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक  एवं समाज कल्याण केन्द्र वृद्धाश्रमका अध्यक्ष सदन बरालले बताए । 

देवघाट क्षेत्र विकास समितिले सम्बन्धित स्थानिय निकायको सिफारिसमा पालनपोषण गर्ने आफन्त नभएका ६५ वर्ष नाघेका वृद्धा र ७० वर्ष नाघेका वृद्धलाई वृद्धाश्रममा राख्दै आएको छ ।

ती वृद्धवृद्धाका लागि कतिपय दाताले नगद सहयोग पनि गर्ने गरेका छन् । वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार  देवघाट गाँउपालिका –५ मा रहेको धमार्थ अस्पताल देवघाटमा हुने गरेको छ ।  

बरालले  पछिल्लो समय वृद्धवृद्धालाई मायाँ गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा आर्थिक अभावमा रहेको केन्द्र दाताको सहयोगमा सहज सञ्चालन भएको बताए । केन्द्रमा थप वृद्धवृद्धा राखेर उनीहरुको राम्रो पालनपोषण गर्ने देवघाट क्षेत्र विकास समितिको उद्देश्य रहेको उनले बताए । वृद्धाश्रममा ६ जना कर्मचारीले दैनिक कार्य सम्पादन गर्दे आइरहेका छन् ।

सम्बन्धित खबर