२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

कुलिङ पिरियड हटाइनु संसदको अपमानः शिवाकोटी

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते २०:०१
कुलिङ पिरियड हटाइनु संसदको अपमानः शिवाकोटी

काठमाडौं : निजामती सेवा विधेयकमा गरिएको संशोधनप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले यसलाई ‘संसदको अपमान’को संज्ञा दिएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नेता शिवाकोटीले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडसहित पारित विधेयकमा मर्म विपरीत छेडछाड गरी संसदलाई गुमराहमा पारिएको आरोप लगाए । ‘लोकतान्त्रिक विधि र संसदप्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ,’शिवाकोटीले लेखेका छन् । 

उनले केही व्यक्तिको साँघुरो स्वार्थ पूर्ति गर्न विधेयकमा तोडमोड गरिएको उल्लेख गर्दै संसदलाई बुख्याचा बनाउने चलखेल अब सह्य नहुने चेतावनी दिएका छन् । ‘संसदीय निर्णयलाई ऐनले निष्क्रिय तुल्याउने अभ्यास स्वीकार्य छैन,’ उनले भनेका छन् ।

शिवाकोटीले संसदमा पारित विधेयकमा कसको निर्देशनमा कुन प्रक्रियाबाट र किन छेडखानी गरियो भन्नेबारे तत्काल संसदीय छानबिन गर्नुपर्ने मागसमेत गरेका छन् । ‘संसदीय प्रणालीको रक्षा गर्न आजैबाट संसदको निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोकिनुपर्छ,’उनले जोड दिए ।

ADV

सम्बन्धित खबर

Advertise