२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

सुनचाँदी व्यवसायी संघका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : कांग्रेस नेता निधि

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते १९:०८
सुनचाँदी व्यवसायी संघका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : कांग्रेस नेता निधि

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गरिनुपर्ने बताएका छन् ।

जनकपुरधाममा आज सुनचाँदी व्यवसायीसँगको भेटमा उनले सुनलाई विलासिताको विषयका रूपमा मात्रै हेर्न नहुने भन्दै जायज मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

हाल देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीको माग सम्बोधन गर्न सरकारले तत्काल कार्यदल गठन गरेर निष्कर्ष पुग्न उचित हुने नेता निधिको भनाइ थियो । 

यसअघि पनि आफूलाई सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय पदाधिकारीले काठमाडौंमै भेटेर कुरा राखेको र यस विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise