२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

अर्घाखाँचीमा दुई युवतीबीच विवाह

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते १६:५१
अर्घाखाँचीमा दुई युवतीबीच विवाह

अर्घाखाँची : अर्घाखाँचीमा दुई युवतीले बिहे गरेका छन् । विवाहपछि जोडीले ‘समलिंगी विवाह दर्ता’ गराएको छ ।

भूमिकास्थान नगरपालिकाकी फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाकी निरमाया (नाम परिवर्तन) ले जेठ १८ गते विवाह गरेका थिए । अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो । २३ वर्षीया फूलमाया र २० वर्षीया निरमाया आवश्यक कागजातसहित बिहे दर्ताका लागि कार्यालय गएका थिए ।

विवाह दर्तामा अर्घाखाँचीकी फूलमायालाई ‘दुलहा’ र कपिलवस्तुकी निरमायालाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।

पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएसँगै यो क्रम बढेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise