२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते ०७:२२
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौँ : लुम्बिनी प्रदेश सभाको छैठौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक बस्ने भएको छ ।  

बैठक दिउँसो ३ बजे बस्न लागेको हो । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकमा दुईवटा मुख्य कार्यसूची रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् । सो प्रस्तावमाथि सभामा छलफल हुनेछ भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

कार्यसूचीअनुसार मन्त्री कार्कीबाट‘आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेस गरिनेछ ।  

ADV

सम्बन्धित खबर

Advertise