२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

चौलानी नदीमा एक युवक बेपत्ता

Nada
२०८२ असार १६ गते ११:३८
Shares
चौलानी नदीमा एक युवक बेपत्ता

बैतडी : चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमारका २६ वर्षीय महेश राना रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

ncell

उनका अनुसार राना आज बिहान ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

राना किन नदीमा हाम फाले भनेर खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित खबर