२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिको पहल गर्नेछु : प्रस्तावित न्याय परिषद् सदस्य नेपाल

shivam cement
मध्यान्ह
२०८२ असार १६ गते ११:३६
गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिको पहल गर्नेछु : प्रस्तावित न्याय परिषद् सदस्य नेपाल

काठमाडौं : न्याय परिषद् सदस्य पदमा सिफारिस महेशकुमार नेपालले न्याय परिषद् सदस्य भएको खण्डमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनै पूर्वाग्रह नलिइ गुण र दोषको आधारमा न्यायाधीशहरुको नियुक्ति, सरुवासम्बन्धी कारबाही गर्ने बताए । उनले संविधान र कानुनको निष्पक्षतापूर्वक पालना गर्ने बताए ।

उनले संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिबद्ध रहने विश्वास व्यक्त गरे । आस्थाको आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार नगर्ने उनले बताए । उनले संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशील रहने पनि बताए ।

प्रस्तावित सदस्य नेपालले न्यायपालिकाको गरिमा अभिवृद्धि गर्दै न्याय र कानुन क्षेत्रमा कार्यरत व्यक्तिहरु तथा न्यायाधीश समेतको कर्तव्य र दायित्व रहे पनि न्याय सम्पादन र मुल जिम्मेवारी प्रधानन्यायाधीशमा रहने हुँदा व्यक्तिगत रुपमा प्रधानन्यायाधीशलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । न्यायपालिकाको छवि अभिवृद्धि गर्न आफू लागिपर्ने उनले उल्लेख गरे ।

ADV

सम्बन्धित खबर

Advertise