२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जाजरकोटका अग्नी पीडितहरूलाई संघको सहयोग

Nada
२०८२ असार १६ गते ०६:२०
Shares
जाजरकोटका अग्नी पीडितहरूलाई संघको सहयोग

काठमाडौं : रितादेवी जनएकता फाउन्डेसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले  जाजरकोटका अग्नी पीडितहरूलाई पठाएको करिब २ लाख रुपैयाँको सहयोग वितरण गरेको  छ । संघका अध्यक्ष भुवनसिंह गुरुङले संघले पठाएको रकमबाट खाद्यान्न, त्रिपाल, भाँडाकुँडासहित आगलागी पीडितहरूलाई अत्यावश्यक सामग्री खरिद गरेर वितरण गरिएको जानकारी संघलाई प्राप्त भएको मध्यान्ह दैनिकलाई बताए ।

ncell

करिब दुई हप्ताअघि संघमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा संघका तर्फबाट अध्यक्ष गुरुङले रितादेवी जनएकता फाउन्डेसनकी अध्यक्ष रिता शाहीलाई १ लाख ७६ हजार ५४५ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष गुरुङले उक्त संस्थाले संघको आग्रहअनुसार अग्नी पीडितहरूलाई राहत वितरण गरिएको बताए ।

गत जेठ २४ गते बुढीगंगा नगरपालिका–६ साफे मार्तडी सडकखण्डमा पर्ने बाम्का बजारमा आगलागी हुँदा ४० घर परिवार विस्थापित भएको थियो भने आगलागीका कारण २० करोड बढीको क्षति भएको थियोे । 

संघका अध्यक्ष गुरुङले पीडितहरूलाई राहत प्रदान गरेर पीडामा मल्हम लगाउने काम गरिएको भन्दै आगामी दिनमा पनि समाजसेवाको कामलाई उच्च प्राथमिकतामा राखेर अनाथ बालबालिकालाई शिक्षादिक्षा, दैवीप्रकोप पीडितलाई राहतलगायतका विभिन्न क्षेत्रमा काम गर्ने जानकारी दिए ।

सम्बन्धित खबर