२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

हुम्लाका सबै स्थानीय तहले ल्याए बजेट

Nada
२०८२ असार १५ गते ०९:४२
Shares
हुम्लाका सबै स्थानीय तहले ल्याए बजेट

हुम्ला : जिल्लाको चङ्खेली गाउँपालिकाले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेसँगै हुम्लाका सात वटै स्थानीय तहको बजेट सार्वजनिक भएको छ ।

ncell

चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले कृषि, वन, वातावरण, शिक्षा स्वास्थ्य र पूर्वाधारमा केन्द्रित नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

पालिका उपाध्यक्ष प्रेमकला शाहीले रु ५२ करोड ४८ लाख ९६ हजार ९४ बजेट प्रस्तुत गरेकी हुन् । उनले चालुतर्फ रु २१ करोड २२ लाख ५५ हजार तथा पुँजीगत तर्फ रु. ३१ करोड २६ लाख ४१ हजार विनियोजन गरेकी छिन् ।

सम्बन्धित खबर