२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सर्बिया पठाउने भन्दै ठग्ने पक्राउ

Nada
२०८२ असार १४ गते २२:२७
Shares
सर्बिया पठाउने भन्दै ठग्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरिएको छ ।

ncell

सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रुपैयाँ लिइ सुनिल सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो । उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

सम्बन्धित खबर