२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

श्रेष्ठ टेलरिङले मनायो ५०औं वार्षिकोत्सव

Nada
२०८२ असार १४ गते २०:३७
Shares
श्रेष्ठ टेलरिङले मनायो ५०औं वार्षिकोत्सव

काठमाडौं : सुटिङ तथा सर्टिङ क्षेत्रमा सुपरिचित श्रेष्ठ टेलरिङ सेन्टरले आफ्नो स्थापनाको ५०औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको बागबजारमा मुख्य शोरुमसहित मैतीदेवी, चाबहिल, त्रिपुरेश्वर, चुच्चेपाटी, धुम्बाराहीमा शाखा खोलेर ग्राहकलाई सेवा दिँदै आएको श्रेष्ठ टेलरिङ नेपालको पहिलो आईएसओ मान्यता प्राप्त टेलरिङ कम्पनी हो ।

ncell

वि.संं. २०३१ सालमा एउटा सानो कोठामा पाँच सय रूपैयाँबाट टेलरिङको व्यवसाय सुरुवात गरेको श्रेष्ठ टेलर्सले बितेका ५० वर्षमा लाखौं ग्राहकलाई सन्तुष्ट बनाउनुका अतिरिक्त ४० जनालाई प्रत्यक्ष र ६० जनालाई अप्रत्यक्ष गरी सय जनाभन्दा बढी युवायुवतीलाई रोजगारी दिएको छ । श्रेष्ठ टेलरिङमा काम गरेका कतिपयले आफ्नो स्वामित्वमा सफलतापूर्वक टेलरिङ व्यवसाय समेत गरिरहेका छन् । 

शनिबार आयोजित ५०औं वार्षिकोत्सवको अवसरमा वर्तमान तथा भूतपूर्व कर्मचारीलाई टेलरिङले सम्मान गरेको छ । श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठले स्थापनाकालदेखि ग्राहकको रोजाइ र चाहना अनुसार आफूकहाँ हरेक किसिमका ग्राहकलाई आफ्नो क्षमताका  आधारमा चाहेको जस्तो गुणस्तरीय कपडा र राम्रो सिलाई होस भन्नेमा सचेत र प्रतिबद्ध रहेको बताए ।

उनले भने, 'हामीले चाडपर्व, शुभकार्य र सामाजिक कार्यहरूमा जुनसुकै उमेर समूहका लागि चाहिने पोशाकका साथै विद्यालय, कलेज तथा कार्यालयका लागि पोशाक उपलब्ध गराई रहेका छौँ ।’  ५०औं वार्षिकोत्सवका अवसरमा मध्यान्ह राष्ट्रिय दैनिक लगायत विभिन्न समाचार माध्यम, संस्था तथा व्यक्तिहरू पनि सम्मानित भएका छन् ।

नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष शतिस श्रेष्ठ , निवर्तमान अध्यक्ष गोपाल परियार तथा नेपाल कपडा तथा सिलाई महासंघका अध्यक्ष सिद्धिविर श्रेष्ठलगायतले श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठ र श्रीमती नारायणदेवी श्रेष्ठले श्रेष्ठ टेलरिङलाई व्यावसायिक सफलताको ५०औं वर्षको यात्रामा गरेको संघर्ष र मिहिनेत अतुलनीय र व्यवसाय सुरुवात गर्न चाहने नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए । 

श्रेष्ठ टेलरिङले ५०औं वार्षिककोत्सवका अवसरमा प्रत्येक ग्राहकलाई स्क्र्याच कुपनमार्फत् हात खाली नजाने गरी सुटपिस, कोट पिस, पाइन्ट पिस, नगद दुई सय देखि एक हजारसम्मको गिफ्ट भौचर, ज्वारीकोट पिस, कुर्ता पिस, भित्ते घडी, ब्राण्डेड मोजा, दौरा–सुरुवालको व्यवस्था पनि गरिएको जानकारी दिएको छ ।

May be an image of 4 people, dais and text

सम्बन्धित खबर