२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

Nada
२०८२ असार १४ गते १७:०७
Shares
रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम : रुकुम पश्चिममा एक जना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरेको छ । आज दिउँसो जिल्लाको बाँफीकोट गाउँपालिका-२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई थप उपचार लागि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

ncell

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उनलाई सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए। उनका अनुसार नन्दकलाको पाठेघरको नलीमा गर्भ बसेको र बच्चा हुर्किँदै गएपछि नली फुटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

आज बिहान अस्पताल पुर्‍याइएकी नन्दकलाको जिल्ला अस्पतालमा सफल शल्यक्रिया भएको जनाउँदै उनलाई सघन उपचारको आवश्यकता परेपछि सुर्खेत पठाइएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले बताए । 

सम्बन्धित खबर