काठमाडौं : विपत जोखिम न्यूनिकरण गर्न सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यलयलाई उद्धार समाग्रीहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनले उपत्यका रबर बोट, लाइफज्याकेट, बुट लगायत अत्यावश्यक समाग्री दिएको हो ।
रत्नपार्कस्थित उपत्यकाप्रहरी कार्यलयमा प्रहरी प्रमुख टेक बहादुर तामाङको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेसनका अध्यक्ष सुमित केडियाले सामाग्री वितरण गरेका हुन् ।
विपतको कुनै निश्चित समय नरहेकाले यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्रै नभई सबै पक्षहरुको सहकार्य र जागरुकता आवश्यक रहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख तामाङले जानकारी दिए ।
बाढि पहिरोको जोखिम क्षेत्र रहेको अनियसका निमित्त फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरीकहरुको जीवन सुरक्षाका लागि सामाग्री वितरण गरिएको फाउण्डेसनका अध्यक्ष सुमित केडियाले बताए ।