२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

सिटिजन्स बैंकको सदाबहार योजना

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते २१:०६
सिटिजन्स बैंकको सदाबहार योजना

काठमाडौ : सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ शुक्रबार सार्वजनिक निष्कासन गर्दैछ । सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवद्र्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले कुल ५ करोड इकाई निष्कासन गर्ने तयारी गरेको छ । प्रतिकित्ता अंकित मूल्य १० रुपैयाँ कायम गरिएको यो योजनामा सिटिजन्स बैंकले ७५ लाख इकाई सुरक्षित राख्नेछ, भने बाँकी कम्तीमा ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्मको आवेदन दिन सकिनेछ । इकाई निष्कासन छिटोमा १७ असार र ढिलोमा २७ असारसम्म खुला रहनेछ । निष्कासन अवधिभर २ करोड ५० लाख इकाईभन्दा कममा आवेदन परेमा योजना खारेज गरी लगानीकर्ताको रकम फिर्ता गरिनेछ ।मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशत अतिरिक्त इकाई थप गरी अधिकतम ६ करोड २५ लाख इकाईसम्म बाँडफाँड गरिने व्यवस्था गरिएको छ । 

सिटिजन्स क्यापिटल अनुसार यो योजना धितोपत्र दोस्रो बजारमा सूचीकरण हुने छैन, तर अधिकृत संस्थामार्फत खरिद–बिक्री गर्न सकिनेछ। इकाई बाँडफाँड भएको तीन महिनापछि खरिद–बिक्री खुला  हुनेछ । सिटिजन्स क्यापिटलले यसअघि सफलतापूर्वक ७ वर्षे बन्दमुखी योजना ‘सिटिजन्स म्युचुअल फण्ड १’ संचालन गरिसकेको छ । जसले लगानीकर्तालाई औसत १२ प्रतिशत वार्षिक प्रतिफल दिएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise