२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेशनल लाइफका अध्यक्ष सिंहले लिइन् शपथ

Nada
२०८२ असार ११ गते २२:२१
Shares
नेशनल लाइफका अध्यक्ष सिंहले लिइन् शपथ

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पथ तथा गोपनियताको सपथ लिएकी छन् । उनले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट सपथ लिएकी हुन् । 

ncell

अध्यक्ष सिँहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । कम्पनीको २०८२/०३/०५ मा भएको ३७औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समितिको पुनर्गठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्वसम्मतिवाट पुनः निर्वाचित भएकी थिइन् ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिकोतर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरेकी थिइन् ।

सम्बन्धित खबर