२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मेटलाइफका बीमितलाई विलम्ब शुल्कमा शतप्रतिशत छुट

Nada
२०८२ असार ११ गते २२:१९
Shares
मेटलाइफका बीमितलाई विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं : मेटलाइफ नेपालले जीवन बीमा ग्राहकहरूको वित्तीय सुरक्षा पुनः सुनिश्चित गर्न बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । कम्पनीले म्याद गुज्रेका बीमालेख पुनः सक्रिय गर्न चाहने पुराना ग्राहकहरूलाई लक्षित गरी यो अभियान सञ्चालनमा ल्याएको हो ।

ncell

मेटलाइफका अनुसार म्याद गुज्रिएको पाँच वर्षसम्मका बीमालेखमा एक सय प्रतिशत विलम्ब शुल्क मिनाहा गरिनेछ भने पाँच वर्षभन्दा बढी समयसम्म नवीकरण नगरिएका बीमालेखमा ६० प्रतिशतसम्म विलम्ब शुल्क मिनाहा गरिनेछ । कम्पनीले यसलाई दीर्घकालीन आर्थिक सुरक्षाको दिशामा गरिएको महत्वपूर्ण पहलका रूपमा लिएको छ ।

सम्बन्धित खबर