२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल भित्रियो फोटोन टुनल्याण्ड

Nada
२०८२ असार १० गते २१:२२
Shares
नेपाल भित्रियो फोटोन टुनल्याण्ड

काठमाडौं : फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जि७ लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । 

ncell

आइतबार सम्पन्न सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

चीनमा अटोनोमस व्यवसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डको रूपमा फोटोनले इतिहास रचेको कम्पनीको दाबी छ । यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको छ । २२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूमा गुड्न सक्ने जनाइएको छ । 

फोटोन टुनल्यान्ड जि७ सुरुवाती मूल्यहरू एलिटका लागि ५१ लाख ९९ हजार, लक्जरीका लागि ६५ लाख ४० हजार र फ्ल्यागशिप मोडेलका लागि ६९ लाख ९९ हजार रुपैयाँ गरी तीन फरक भेरियन्टहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर