२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रतिनिधि सभाबाट बजेट पारित

Nada
२०८२ असार १० गते १७:५९
Shares
प्रतिनिधि सभाबाट बजेट पारित

काठमाडौं : प्रतिनिधि सभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । 

ncell

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरूले विनियोजन विधेयक माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब रूपैयाँको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन खर्च तर्फ ३ खर्ब ७५ अर्ब विनियजन गरिएको छ । 

सम्बन्धित खबर