२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

वडाध्यक्ष घर्ती मगरको निधन

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ असार ९ गते २२:४८
Shares
वडाध्यक्ष घर्ती मगरको निधन

रोल्पा : थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधन भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी स्थानीय तह निर्वाचन २०७४ र २०७९ मा  नेकपा माओवादी केन्द्रबाट थबाङ गाउँपालिका–५ को वडाध्यक्षमा निर्वाचित भएका थिए । 

ncell

घर्तीमगर केही समयदेखि बिरामी थिए । घर्तीमगरको निधनमा गाउँपालिकाले मंगलबार शोक विदा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष ऋषिकेशब बुढामगरले एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् । 

सम्बन्धित खबर