२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आइएमई लाइफमा आबद्धले आमा हस्पिटलमा छुट पाउने

Nada
२०८२ असार ६ गते २१:०६
Shares
आइएमई लाइफमा आबद्धले आमा हस्पिटलमा छुट पाउने

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब आमा हस्पिटलमा उपचारसेवामा छुट हुने भएको  छ । इन्स्योरेन्स कम्पनी र हस्पिटलबीच भएको समझदारीअनुसार बीमित, अभिकर्ता र कर्मचारीले हस्पिटलको सेवामा ५० प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

ncell

जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क नलाग्ने जनाइएको छ । साथै, हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विषेश सहुलियत दिने भएको छ । 

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधा को लाभ लिन सक्ने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर