२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात

Nada
२०८२ असार ६ गते २१:०२
Shares
नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको भएको हो ।

ncell

समीक्षा अवधिमा गत वर्षको सोही अवधिको तुलनामा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख १३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो निर्यात एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको भएको थियो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा आयात भएका वस्तु मध्ये सबैभन्दा धेरै मूल्यको डिजेल एक खर्ब १५ अर्ब ५५ करोड एक लाख ७१ हजार रुपैयाँ बराबरको आयात भएको हो । त्यस्तै, सो अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको सोयाबिन तेल र सो सँग सम्बन्धित सामग्री ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको निर्यात भएको हो ।

ताजा खबर

सम्बन्धित खबर