२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

श्रम बजारको मागबमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड

Nada
२०८२ असार ५ गते २१:२९
Shares
श्रम बजारको मागबमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको मागबमोजिमको जनशक्ति तयार गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय तथा संस्थाको अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले नेपालको आफ्नै तथा विश्व श्रम बजारको मागबमोजिम सीप तथा क्षमता विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

ncell

मन्त्री भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने चुनौतीलाई समाधान गर्न सबै सरोकारवालाहरूले इमानदारिता र गम्भीरतापूर्वक कार्य गर्नुपर्ने बताए । उनले भने, ‘देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरू छन्, हामीले तालिम दिएर मात्रै होइन, व्यवहारिक र प्रविधिमा आधारित ज्ञान सीपको प्रवद्र्धन गर्नुपर्नेछ ।’

मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले नेपालको श्रम बजारमा परस्परमा असन्तुलित मानिने  असिमेट्रिक मार्केट सिन्ड्रोम र म्युटेसन सिन्ड्रोम देखिएकाले त्यसलाई तोड्न प्रभावकारी तवरले काम गर्न श्रम बजारको माग र श्रमिकको प्रक्षेपणमा मन्त्रालयले जोड दिएको बताए । सचिव डा. पुष्करले आन्तरिक रोजगार प्रवद्र्धनको १० वर्षे अभियानमा संलग्न हुन सबैलाई आह्वान गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले अहिले देशैभरि स्थानीय तहहरूले सीपमूलक तालिम दिने होडबाजी चलाएको भए पनि तालिम प्राप्त गर्ने व्यक्तिहरूलाई श्रम बजारमा प्रवेश गराउन सहुलियतपूर्ण कर्जा अभाव रहेको भन्दै त्यसको समाधानका लागि काम गर्नुपर्नेमा जोड दिए । गोष्ठीमा विज्ञहरूले आन्तरिक तथा बाह्य रोजगारी सिर्जना गर्नका लागि दक्ष जनशक्ति उत्पादनको विकल्प नरहेको, बजार र मागमा आधारित सीपमूलक तालिमहरूको पाठ्यक्रम, समयावधिलगायतका विषयमा तीन वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर