२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

Nada
२०८२ असार ५ गते २१:१६
Shares
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

काठमाडौं : विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक सहभागितासंगै इनड्राइभल अभियानलाई अझ बढी परिस्कृत बनाउदै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।

ncell

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

क्याम्पेन तीन हप्तासम्मजारी हुनेछ । प्रत्येक हप्ता विजेताहरूको घोषणा र जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गर्ने इनड्राइभले जनाएको छ । रिजिनल ड्राईभर ओपरेसन टिम लिडर– साउथ एशिया, इनड्राइभका डिमित्री ओख्लोप्कोभले क्याम्पेनको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘चालकहरू इनड्राइभको सफलताको जग हुन, र उनीहरूको सहभागिता हाम्रो मिशनको लागि महतत्वपूर्ण रहेको छ । यो अभियान उनीहरूको कडा परिश्रम र अटल प्रतिबद्धताको लागि विषेश सम्मान देखाउने हाम्रो प्रयास हो । हाम्रा चालकहरूलाई समर्थन गरेर, हामी सामूहिक रूपमा सम्पूर्ण इनड्राइभ इकोसिस्टमलाई बलियो बनाउन कटिबद्ध छौं।’

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जीमी राईले पनि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,‘हामीले हाम्रा ड्राइभर पार्टनर्सका लागि राम्रो र वृहत अभियानको वाचा गरेझैं, हामी यहाँ एक मेगा गिभअवेको साथ आएका छौं ।’

ताजा खबर

सम्बन्धित खबर