२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ठोरीले ल्यायो साढे ५१ करोडको बजेट

Nada
२०८२ असार ५ गते १५:५४
Shares
ठोरीले ल्यायो साढे ५१ करोडको बजेट

वीरगन्ज :  पर्साको ठोरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे ५१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

ncell

गाउँपालिकाको गाउँसभाको १३औं अधिवेशनमा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले आगामी आर्थिक वर्षका लागि ५१ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा आन्तरिक राजस्व ३० लाख रुपैयाँ, संघ सरकारका तर्फबाट प्राप्त हुने अनुदान ३२ करोड ४१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान १ करोड ९५ लाख, संघ सरकारबाट राजस्व बाँडफाँडतर्फ प्राप्त हुने ६ करोड ९७ लाख ७२ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने ७७ लाख रुपैयाँ रहेको छ । यस्तै, संघ सरकारबाट सामाजिक सुरक्षा भत्ताबापत प्राप्त हुने रकम ९ करोड ५० लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले जानकारी गराए ।

गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय साह सोनारको प्रमुख आतिथ्यतामा भएको गाउँसभामा पाँचवटै वडाका वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्य, वडासदस्य, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको पनि सहभागिता रहेको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर