२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नयाँदिल्ली हुँदै खाडी मुलुक जान लागेका पाँच जना नियन्त्रणमा

Nada
२०८२ असार ४ गते १९:२७
Shares
नयाँदिल्ली हुँदै खाडी मुलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडी मुलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ ।

ncell

सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडी मुलुक कुवेत र ओमान जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।

“पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडी मुलुक जान लागेको बताएका छन्”, सशस्त्र प्रहरी बल नेपाल विओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भने, “उनीहरुलाई भारत लैजान लागेको आशंकामा चितवन माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौं ।” 

सशस्त्र प्रहरीले इलामका दुई जना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ । सशस्त्र प्रहरीले आवश्यक सोधपुछ गरेसँगै पक्राउ परेका पाँचै जनालाई आवश्यक कागजात तयार पारेर आजै इलाका प्रहरी कार्यालय ठोरीलाई हस्तान्तरण गर्ने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर