२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

कांग्रेसलाई कसैले परास्त गर्न सक्दैनः सांसद यादव

shivam cement
२०८२ असार ३ गते २३:१२
Shares
कांग्रेसलाई कसैले परास्त गर्न सक्दैनः सांसद यादव

रौतहट : नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता एवं सांसद कृष्ण प्रसाद यादवले कांग्रेस निकै पुरानो इतिहास बोकेको ठूलो दल रहेकाले चाहेर पनि कसैले परास्त गर्न नसक्ने दाबी गरेका छन् । माधवनारायण नगरपालिका –५ मिठुअवा कटहरिया टोलमा आयोजित पार्टी प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका मधेश प्रदेश सभापति समेत रहेका यादवले अरु दलको कुनै भविष्य नरहेको बताउँदै कांग्रेस पार्टी मात्र देशको स्थायित्व दिन सक्ने बताए । 

No description available.

कार्यक्रममा कांग्रेसका मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले पार्टीलाई अझै मजबूत बनाउँदै लैजाने बताए । एउटै टोलका सयौं नेता कार्यकर्ताहरुले सामूहिक रूपमै कांग्रेसमा आएकाले आउँदो २०८४ को निर्वाचनमा माधवनारायण नगरपालिकामा कांग्रेसले राम्रो मत ल्याउने र बहुमत प्राप्त गर्ने नेता गुप्ताले विश्वास व्यक्त गरे ।

कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, नेपाली कांग्रेसका रौतहट जिल्ला सचिव मिथलेश मिश्रा लगायतका वक्ताहरुले देशमा एकमात्र पार्टी नेपाली कांग्रेसले मात्र विकास गर्न सक्ने बताएका थिए । 

कार्यक्रममा रौतहटमा सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । 

No description available.

नेपाली कांग्रेस माधवनारायण नगरपालिका –५ को वडा कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी,  रामएकवाल सहनी लगायतका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरू नेकपा एकीकृत समाजवादी र नेकपा एमाले त्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । 

कार्यक्रममा सांसद यादवले उनीहरुलाई टिका, माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर