२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

Nada
२०८२ असार ३ गते ०९:३४
Shares
जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

जुम्ला : चन्दननाथ नगरपालिका-७ स्थित खल्ला चौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गए राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ-९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा चन्दननाथ-९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

सो दुर्घटनामा घाइते हुनेमा चन्दननाथ-९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रांगा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए । घाइतेहरूको सो प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य  रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर