२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

Nada
२०८२ जेठ ३१ गते १२:३७
Shares
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौंः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसमा हरेक नेपालीको सहयोग आवश्यक भएकामा जोड दिएका छन् । 

ncell

एक कार्यक्रमका बीच बोल्दै उनले विद्युतीय सवारीसाधन ‘इभी र्‍याली’मा उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरुप नीति निर्माणमा लागेको बताए।

अर्थमन्त्री पौडेलले भने, ‘स्वच्छ वातावरणको सुनिश्चितता कुनै देश विशेषको नभएर सिङ्गो पृथ्वीको साझा चासो हो । एकातिर विकासका आवश्यकतालाई सम्बोधन गर्नुछ भने अर्कोतिर स्वच्छ वातावरण निर्माण । ‘सगरमाथा संवाद’ आयोजना गरेर हामीले  वातावरण संरक्षणका निम्ति हामी प्रतिबद्ध रहेको सन्देश दिएका छौँ ।’ 

उनले विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा सरकार दृढतापूर्वक उभिएको बताए । कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडियाको काम समाचार सम्प्रेषण मात्र नभई वातावरण संरक्षणमा पनि भएकाले आफूहरू त्यो अभियानमा लागेको बताए ।  

ताजा खबर

सम्बन्धित खबर