२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगारको बढ्दो लहर रोकिन्छः पूर्वगभर्नर नेपाल

Nada
२०८२ जेठ २९ गते १२:१४
Shares
मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगारको बढ्दो लहर रोकिन्छः पूर्वगभर्नर नेपाल

काठमाडौंः नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् । 

ncell

बिहीबार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले यस्तो बताएका हुन् । जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उनको भनाइ छ । सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताए । 

उनले भने, ‘हामीले विकास देशभित्र गर्नसक्यौँ भने कसैलाई रोक्नु पर्दैन, उनीहरु आफैं फर्किन्छन् । यो संसारमा कोही पनि फकाएर रोकेर आउनेवाला छैन । आफ्नो सुन्दर भविष्यको लागि गएको जमात हो । देशमा यस्तो वातावरण बनाउनुपर्‍यो कि उनीहरु फर्केर आओस् ।  भारतमा राजिव गान्धी प्रधानमन्त्री हुँदाखेरी जतिबेला त्यहाँको आर्मीले कू गर्यो । पछि भारतले आफ्नो देशका नागरिक जुनसुकै देशमा भएपनि तपाईंहरुको सुरक्षा भारत सरकारले गर्छ भनिसकेपछि भारतको नीतिमै परिवर्तन भयो । पछि संसारभर रहेका भारतीय मूलका व्यक्तिहरुले भारततिर हेर्न थाले । यसको मतलव देशले आहन पनि गर्ने, नीतिगत परिवर्तन पनि गर्ने र उनीहरुलाई राष्ट्रप्रतिको प्रेम अनुभव पनि हुने नीति अपनाउनुपर्छ ।’

उनले अगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको बताए । मुलुकको वर्तमान परिस्थितिको सामना गर्नेगरी बजेट आएको पूर्वगभर्नर नेपालको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर