२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

व्यावसायिक सीपका लागि जेसीज बिजनेस एकेडेमी

Nada
राजकुमार के.सी.
२०८२ जेठ ११ गते २०:५३
Shares
व्यावसायिक सीपका लागि जेसीज बिजनेस एकेडेमी

मकवानपुर : नेपाल जेसीजको आयोजना तथा इन्द्रपुर जेसीजको आतिथ्यतामा संचालित ४ दिने बिजनेस एकेडेमी सम्पन्न भएको छ । एकेडेमीमा देशभरका ६८ जना युवा व्यवसायीहरु सहभागि थिए । एकेडेमीमा सहभागी युवाहरुले स्वदेशमै व्यवसाय गरी आत्मनिर्भर हुनको लागि विभिन्न सीप सिकेको बताए ।

ncell

एकेडेमीमा सहभागी पालुङ जेसीज वर्ष २०२५ का कोषाध्यक्ष अजय कार्कीले व्यवसाय गरिरहेका र गर्ने सोच भएकाहरुका लागि एकेडेमी निकै फलदायी भएको बताए ।

कार्कीले एकेडेमीमा तिरेको शुल्कको तुलनामा आफूले २० गुणा बढी ज्ञान र सीप हासिल गरेको बताए । उनले यो एकेडेमीमा सहभागि भएपछि आफ्नो व्यवसायलाई व्यवस्थित रुपले संचालन गर्ने हिम्मत र जोश प्राप्त भएको बताए ।

अर्का सहभागी पालुङ जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष अजित कार्कीले एकेडेमी उपलब्धीमूलक भएको बताए ।

जेष्ठ ७ गतेदेखि सुरू भएको एकेडेमीको जेठ १० गते भएको समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस मुख्य सचेतक शोभा चेम्जोङले राष्ट्रिय स्तरमै युवाको सशक्तिकरण र उद्यम विकासमा टेवा पु¥याउने विश्वासका साथ आयोजना गरिएको एकेडेमीले युवाहरुलाई व्यवसायिक बनाएर आत्मनिर्भर बनाउने बताइन् ।

नेपाल जेसीज वर्ष २०२५ की अध्यक्ष रजनी थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल जेसीजका तालिम आयुक्त राजाराम गौतम, कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, कानुनी सल्लाहकार सुनिल तिमिल्सिना, उपाध्यक्ष उज्ज्वल काब्रा लगायतको आतिथ्यता रहेको थियो ।

एकेडेमीमा भारतीय प्रशिक्षक निशा चन्डक, अनुप मुन्द्रा र नेपाली प्रशिक्षक किरण के.सी.ले सहजीकरण गरेका थिए ।

नेपाल जेसीजले हरेक वर्ष देशभरका युवाहरुलाई उद्यमशीलता, नेतृत्व विकास र व्यवसायिक सञ्जाल विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ बिजनेस एकेडेमीले सञ्चालन गर्दै आएको छ । एकेडेमीले सहभागीहरूलाई व्यवसायमा नवीन सोच, नेतृत्व कला तथा आधुनिक प्रविधिको प्रयोगबारे सशक्त बनाउने लक्ष्य राखेको नेपाल जेसीज वर्ष २०२५ का महासचिव विकेशलाल श्रेष्ठले बताए ।

सम्बन्धित खबर