२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कर्मचारी निकालिएपछि मजदुरको प्रदर्शन

Nada
राजकुमार के.सी.
२०८२ जेठ ९ गते २१:०३
Shares
कर्मचारी निकालिएपछि मजदुरको प्रदर्शन

मकवानपुर : हेटौंडा औद्योगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्टस्ले कर्मचारी निष्कासन गरेपछि मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् । जिल्लाका सबै ट्रेड युनियन संघ/संगठनका नेताहरुको  उपस्थितिमा मजदुरहरुले प्रदर्शन गरेका हुन् । उद्योग परिसरमा नाराबाजीसहित गरिएको प्रदर्शनमा कर्मचारी पुनर्बहाली नगरे उद्योग बन्द गर्नेसमेत चेतावनी दिइएको छ । 

ncell

उद्योगमा विगत २५ वर्षदेखि कार्यरत अर्जुन ढकाललाई उद्योग प्रशासनले बिना कारण ४ महिना अगाडि निष्काशन गरेको थियो । 

२०६५ साल वैसाख १ मा स्थायी नियुक्ति पाएका ढकाललाई उद्योग प्रशासनले बिना कारण निष्काशन गरेको मजदुर संगठनले आरोप लगाएको छ । 

उद्योग प्रशासन स्रोतका अनुसार ढकालले अन्य कर्मचारीमाथि हात पात गरेको आरोप लगाएको छ, तर कुटाई खाएका भनिएका कर्मचारीको मेडिकल रिपोर्टमा भने फरक बनाइएको छ ।

उद्योग प्रशासनले फर्जी मेडिकल रिपोर्ट बनाएको आरोप ट्रेड युनियनले लगाएको छ ।

उद्योगमामा कार्यरत ढकाललाई बिना कारण निष्काशन गरेपछि श्रम तथा रोजगार कार्यालयले उद्योग प्रशासनलाई निष्कासन नगर्नु भन्ने दिएको आदेश समेतलाई अटेर गर्दै उद्योग प्रशासन अगाडि बढेपछि मजदुर आन्दोलित भएको अखिल नेपाल औद्योगिक मजदुर संगठनका नेता रामशरण घिमिरेले बताए । घिमिरेले श्रमिकमाथि गरिने अन्यायकोविरुद्ध जुनसुकै आन्दोलन गर्न आफुहरु तयार रहेको बताए । उनले गलत श्रम अभ्यासको अन्त्यको माग गर्दै पुनर्बहाली नगरे निरन्तर आन्दोलनमा उत्रने चेतावनी दिए ।

आन्दोलन कार्यक्रममा नेकपा माओवादी बागमती प्रदेश कमिटी सदस्य एवम् मकवानपुर फ्रयाक्सन इन्चार्ज विवेक राई लगायत जिल्लाका मजदुर नेता तथा कार्यकर्ताले शान्तिपूर्ण तरिकाले गैरकानुनी रुपमा निष्कासन गरिएका मजदुरलाई पुनर्बहाली गर्न उद्योग प्रशासनलाई अनुरोध गरेका छन् ।

सम्बन्धित खबर