२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जिल्ला अस्पताल बझाङमा पेन प्लस क्लिनिकको उद्घाटन

Nada
रमेशबहादुर सिंह
२०८२ जेठ ६ गते १८:५६
Shares
जिल्ला अस्पताल बझाङमा पेन प्लस क्लिनिकको उद्घाटन

बझाङ : सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले जिल्ला अस्पताल बझाङमा सञ्चालित पेन प्लस क्लिकको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले नसर्ने रोगबाट बालबालिकालाई जोगाउन पेन प्लस क्लिनिक सुरु गरिएको उल्लेख गरे । उनले यसको दिगोपनाको निम्ति सबै सचेत हुनुपर्ने बताउनुभयो ।

ncell

यूनिसेफको सहयोगमा काठमाण्डौं इन्स्टिच्यू अफ चाइल्ड केयर प्राविधिक सहयोगमा सञ्चालित बझाङ जिल्लामा पेन प्लस क्लिनिक सञ्चालन गर्न डाक्टरसमेतको स्वास्थ्यकर्मी टोली र औषधिमा समेत सहयोग गरेकोमा सहयोगदाताहरुलाई मन्त्री खड्काले धन्यवाद दिए ।

बझाङ जिल्ला अस्पतालका नि. प्रमुख नवराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सासंद भानुभक्त जोशी, सामाजिक विकास मन्त्रालयका सचिव, जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा ,जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड केयरका कर्मचारीलगायतले पेन प्लस क्लिनिकको महत्वबारे धारणा राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर