२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

Nada
२०८२ वैशाख २८ गते १९:४५
Shares
रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

रुपन्देही : रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृति कोषको संयोजन, युगिन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको सहआयोजनामा देवदहस्थित ग्रीन प्लान्ट आवासीय माविमा कार्यक्रम सम्पन्न गरिएको हो ।

ncell

विक्रम संवत् २०३७ साल फागुन २१ गते जन्मिएका साहित्यकार रमेश हरिलठ्ठकको २४ वर्षकै उमेरमा २०६१ श्रावण २१ गते निधन भएपछि उनको सम्झनामा २०७२ सालमा रमेश हरिलठ्ठक स्मृति कोष स्थापना गरी प्रत्येक वर्ष “श्रष्टा सम्मान” कार्यक्रम गर्दै आइरहेको छ ।

प्रमुख अतिथि साहित्यकार निर्मल ढुंगानाको बाहुबलीबाट सम्मानित धनकुटाका कवि रोशन परियार र प्रोत्साहन पुरस्कार स्वरुप देवदहकी युवा सामाजिक अभियान्ता तथा लौमुर पौष्टिक आहारकी संचालिका समज्ञा अधिकारीलाई  प्रदान गरिएको थियो । 

पोखराका युवा साहित्यकार तथा लेखक रूप रसाइली 'पुछारघरे' र सरू लामिछानेले गजल, कविताको माध्यामबाट देश र समाजको जर्जर अवस्थाबारे लेखिएका रचनाहरु सुनाएर आत्ममुग्ध तुल्याएका थिए ।

uae

सम्बन्धित खबर