२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

गजल

Nada
२०८२ वैशाख २७ गते ०६:००
Shares
गजल

-रश्मि असफल

ncell

गर्नुपर्दा सफर अँध्यारोमा
पर्नु कसको म भर अँध्यारोमा ?

दूर भाग्ने प्रयास गरेकै हो
हुन्छ पापी नजर अँध्यारोमा

आज निम्तो विशेष तिम्रै छ 
पुग्छ पक्कै खबर अँध्यारोमा

आउने छौ तिमी भनेरै हो
चम्किएको शहर अँध्यारोमा

साथ तिम्रो मिले सधैं यस्तै
हुन्छु पक्कै निडर अँध्यारोमा

दम्भ गर्छन् सबै उज्यालोमा
चन्द्रमा भो अमर अँध्यारोमा

देख्छु आभा मुहारमा मीठो
‘रश्मि’कै हो असर अँध्यारोमा ।

uae

सम्बन्धित खबर