२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

उदयपुरमा आगलागीबाट ९९ लाख बराबरको क्षति

Nada
बिन्द्र राई
२०८१ चैत २४ गते २२:०१
Shares
उदयपुरमा आगलागीबाट ९९ लाख बराबरको क्षति

उदयपुर : उदयपुरमा आगलागीबाट एक घरसँगै कुखुरा फर्म जलेर नष्ट भएको छ । त्रियुगा नगरपालिका वडा नं १५ गुरूधाम स्थित महाबिर कट्वालको घर तथा घरसँगै रहेको कुखुरा फर्ममा आगलागी भएको हो । आगलागीबाट ९९ लाख बराबरको क्षति भएको छ । 

ncell

सोमबार बिहान २ बजेतिर कट्वालको २ तले घर र घरसँगै रहेको कुखुरा फर्ममा आगलागी भएको थियो । 

आगलागीबाट नगद ६ लाख, ५ तोला सुन, ५ तोला चाँदी, फर्निचरको सामान, काठपात, अन्नपात, भाडावर्तन, लत्ताकपडा, घर र कुखुरा फर्ममा रहेको ५५० वटा कुखुरा समेत जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए ।

प्रहरी चौकी साउनेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

ताजा खबर

सम्बन्धित खबर