२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

१० लाख रुपैयाँसहित पक्राउ

Nada
२०८१ चैत ११ गते १८:०९
Shares
१० लाख रुपैयाँसहित पक्राउ


वीरगन्ज : वीरगन्ज भन्सारबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१७ अलौंका २९ वर्षीय प्रदीपकुमार साह छन् ।  

ncell

रक्सौलबाट वीरगन्ज आउँदै गरेको बीआर २२ बीजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज–१६ स्थित भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट श्रोत खुल्न नसकेको नगद १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले बताए ।

बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बाले बताए ।

ताजा खबर

सम्बन्धित खबर