२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

छलफल सकारात्मक, भेटिएन निष्कर्ष

shivam cement
२०८१ फागुन ५ गते ०६:२५
छलफल सकारात्मक, भेटिएन निष्कर्ष

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनसहितको साधारणसभा तत्काल हुनुपर्ने माग गर्दै आएका नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनसहित वैदेशिक रोजगार क्षेत्रका संस्थाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

संघले २ फागुनका लागि तोकिएको साधारणसभासहितको निर्वाचन १७ असारका लागि सार्ने निर्णय गरेपछि एसोसिएसनसहित नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार व्यवसायी मगर समाजले संघलाई दबाब दिइरहेका छन् । 

शुक्रबार उनीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई भेटेर संघको कार्यसमिति २ फागुनदेखि अवैधानिक भएकाले आर्थिक कारोबारमा रोक लगाई तत्कालै कार्यसमितिको निर्वाचन गराउन संघ नेतृत्वलाई निर्देशन गरिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।

संघसँगको आइतबारको छलफलमा सहभागी एसोसिएसनका अध्यक्ष दीपक थापाले २ फागुनका लागि पूर्वनिर्धारित निर्वाचन रोकेपछि वर्तमान कार्यसमिति अवैधानिक भएको र तत्कालै साधारणसभा बोलाउने निर्णय नगरे कार्यसमितिलाई अवैधानिक घोषणा गरी संघको नेतृत्वसँग कुनै पनि प्रकारको छलफल नगर्ने जानकारी संघलाई गराएको पनि बताए ।

१७ असारमा साधारणसभा गर्ने संघको निर्णय छ । तर, एसोसिएसनलगायतका संस्थाहरूले साधारणसभाका लागि बढीमा १ महिनाभन्दा बढी कुर्न नसक्ने अल्टिमेटम दिएका पनि अध्यक्ष थापाले जानकारी दिए ।

संघको वर्तमान कार्यसमितिले व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको सय संख्या समस्याको यथाशक्य छिटो समाधान, वैदेशिक रोजगार ऐन तथा नियमावलीमा संशोधन, सेवा शुल्क परिमार्जनलगायतका अन्तिम चरणमा रहेका काम गर्न केही समय लाग्ने र त्यसपछि साधारणसभा बोलाउनु उपयुुक्त हुने धारणा राख्दै आएको छ । 

आइतबारको छलफलमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले छलफल अत्यन्तै सकारात्मक रहेकोे भन्दै सकेसम्म छिटो उपयुक्त समयमा साधारणसभा गर्न सबैले आ–आफ्नो क्षेत्रबाट वातावरण बनाउने र त्यसका लागि अर्को चरणको छलफल छिट्टै राख्ने सहमतिमा आइतबारको छलफल टुंग्याइएको मध्यान्ह दैनिकलाई जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise