२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

सत्ता सहकार्यसँगै देशमा स्थिर सरकार आयो : प्रदीप ज्ञवाली

shivam cement
प्रेमचन्द्र झा
२०८१ माघ २९ गते २२:१६
Shares
सत्ता सहकार्यसँगै देशमा स्थिर सरकार आयो : प्रदीप ज्ञवाली

रौतहट : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र नेकपा एमाले सत्ता साझेदार मात्र नभइ एक अर्काेको प्रतिस्पर्धी समेत रहेको बताएका छन् । 

नेकपा एमाले जिल्ला कमिटी रौतहटको आयोजनामा ‘तीन महिने वडा वा जरा केन्द्रीत अभियान’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताएका हुन् । 

कांग्रेससँगको सहकार्यले प्रचण्डको ३२ सांसद भएको पार्टीको प्रधानमन्त्री हुने सिष्टम फेल भएको नेता ज्ञावलीले बताए । सता सहकार्यसँगै देशमा स्थिर सरकार 
आएको उनले बताए । उनले पुँजीगत खर्च बढेको र आयात निर्यातमा सुधार भएको पनि बताए । सरकार आएपछि सत्य निरुपण तथा मेलमिलाप आयोग सर्वसहमतिले पारित भएको उनले बताए । 

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश कमिटी इन्चार्ज लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, मधेश प्रदेश कमिटीका  अध्यक्ष चन्देश्वर मण्डलसहितका वक्ताले संगठनलाई सदृढ गरेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । नेकपा (एमाले) जिल्ला कमिटी, सर्लाही अध्यक्ष सचितानन्द साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सबै वडा, नगर क्षेत्र र जिल्ला स्तरिय ५ सय कार्यकर्ताको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर