२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै

Nada
२०८१ माघ २५ गते २०:०६
Shares
कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव– २०८१ आयोजना गर्ने भएको छ । शुक्रबार विराटनगरस्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गतेसम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

ncell

कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा बोर्डले वार्षिकरूपमा आयोजना गर्ने विभिन्न प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बताए । उनले खेल महोत्सव आयोजना गर्न बोर्ड बैठकले सामाजिक विकासमन्त्री राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको समेत जानकारी दिए । 

खेल महोत्सव अन्तर्गत बोर्डले प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतानलगायतको खेलकुद प्रतियोगिता आयोजना गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर