२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कृषि अधिकृत र प्राविधिकलाई स्याउ बगैँचा व्यवस्थापन तालिम

Nada
दिलमाया शाही
२०८१ माघ १० गते २२:२१
Shares
कृषि अधिकृत र प्राविधिकलाई स्याउ बगैँचा व्यवस्थापन तालिम

जुम्ला : जुम्लामा कर्णालीका आठ जिल्लाका कृषि अधिकृत तथा कृषि प्राविधिकलाई स्याउको बगैँचा व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । स्याउको बगैँचा काँटछाँट, कलामी, बोट व्यवस्थापन गर्ने लगायतका विषयमा तीन दिने तालिम दिइएको हो ।

ncell

कर्णालीका ६ जिल्लाका ३३ जना कृषि अधिकृत तथा कृषि प्राविधिकिलाई स्याउको बगैँचा व्यवस्थापन सम्बन्धी तालिम आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार ललितपुर परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमबहादुर शाहीले बताए ।

उनका अनुसार छोटो समयमा किसानको समस्यालाई समाधान गर्नका लागि स्याउको बगैंचा बगैँचा काँटछाँट गर्ने समय अगावै कृषि अधिकृत तथा कृषि प्राविधिकलाई तालिम दिइएको हो । 

तालिममा शितोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङका बागवानी विकास अधिकृत मद्मनाथ आत्रेय, परियोजना कार्यान्वयन एकाइ सुर्खेतका वरिष्ठ कृषि विकास अधिकृत डा.लक्ष्मी नारायण दास,परियोजना कार्यान्वयन एकाइ खुमलटार ललितपुरका वरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटासहित विज्ञ टोलीले प्रशिक्षण दिएका थिए ।

तालिममा हुम्ला, डोल्पा, कालिकोट, सुर्खेत  जुम्ला लगायतका आठ जिल्लाका कृषि अधिकृत तथा कृषि प्राविधिकहरुको सहभागी रहेको थियो । जुम्लामा ५२ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती फैलिएको छ । त्यस्तै सहभागीको तर्फबाट बोल्दै डोल्पाका कृषि अधिकृत गोबिन्दबहादुर मल्लले यो तालिम निकै महत्वपूर्ण रहेको बताए । 

त्यस्तै कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख डाक्टर नवराज आर्चायले स्याउ गुणस्तर बढाउनका लागि बगैंचा व्यस्थापनमा ध्यान निकै आवश्यक रहेको बताए । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काठमाडौं खुमलटार ललितपुरका वरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाले जुम्ला मात्रै नभइ कर्णाली स्याउमा आत्मनिर्भर हुने सम्भावना बोकेका प्रदेश भएको बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ काठमाडौं खुमलटार ललितपुर, परियोजना कार्यान्वयन एकाइ समन्वय, सुर्खेत र परियोजना कार्यान्वयन एकाइ,जुम्लाको संयुक्त आयोजनामा तालिम संचालन गरिएको हो  । 

ताजा खबर

सम्बन्धित खबर