२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

खेलकुद मन्त्री चौधरीलाई मलेसियामा स्वागत 

shivam cement
तिलोचन गौतम
२०८१ माघ ५ गते ०९:४८
खेलकुद मन्त्री चौधरीलाई मलेसियामा स्वागत 

मलेसियाः युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई मलेसियामा रहेका नेपालीहरुले स्वागत गरेका छन् । मन्त्री चौधरी थारु कल्याणकारिणी सभा ‘थाकस’ मलेसियाको आयोजनामा आइतबार हुन गइरहेको थाकस मलेसियाको ९औं वार्षिक उत्सव तथा माघी विशेष शुभकामना आदानप्रदान कार्यक्रम–२०२५ को लागि शनिबार बिहान मलेसिया पुगेका हुन् । 

मन्त्री चौधरीलाई मलेसियाका लागि नव नियुक्त महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिनासँगै दूतावासकै प्रमुख प्रशासकीय अधिकृत बलिराम प्रसाद धामी, थारु थाकस मलेसियाको संस्थापक/संरक्षक सञ्चारकर्मी घनश्याम चौधरी ‘आरएन’, थाकस मलेसिया सभापति ज्ञानचन्द चौधरी, सदस्य कृष्ण दङ्गोरिया थारु, नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पङ्गेनी, उप–सभापति टेकबहादुर टामोटा, पूर्व उप–सभापति एवं एनआरएनए एनसीसी मलेसियाका सल्लाहकार बिनोद बहादुर थापा, महामन्त्री हरिप्रसाद कोईराला, पेय–गर मलेसिया संयोजक राजेन्द्र घिमिरे लगायतले मलेसियास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेर फुलमाला र दोसल्ला ओढाइ स्वागत गरेका थिए । 

मन्त्री चौधरी वार्षिक उत्सव तथा माघी कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुने कार्यक्रम तय भएको थाकस सभापति चौधरीले बताए । साथै निःशुल्क प्रवेश गर्न सकिने यस कार्यक्रममा दूतावास परिवारसँगै एनआरएनए मलेसिया परिवार, आदिवासी जनजाति महासंघ लगायत विभिन्न सामाजिक, राजनीतिक संघसंस्थाहरुलाई निमन्त्रणा गरिसकिएको र आम नेपाली श्रमिकहरुको पनि उल्लेख्य सहभागिता रहनेमा आफूहरु विश्वस्त रहेको सभापति चौधरीले बताए ।

ADV

सम्बन्धित खबर

Advertise